नवलपुर जीप दुर्घटना:  मृत्यु हुनेको संख्या सात पुग्यो

नवलपुर | कात्तिक २६, २०८०

नवलपुर जीप दुर्घटना:  मृत्यु हुनेको संख्या सात पुग्यो

नवलपुर:   नवलपुरको देवचुली नगरपालिका-८ मुण्डेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ ।


बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जीप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ ।


मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की, बुलिङटार गाउँपालिका –४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अन्य एक जनाको अझै पहिचान खुलेको छैन । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्